काठमाडौं। नेपाल ब्यवस्थापन संघमा सरकारले आफ्नो प्रतिनिधिका रुपमा विश्वमोहन अधिकारीलाई पठाउने निर्णय गरेको छ।
असार २४ गतेको मन्त्रीपरिषद्को बैठकले दुई बर्षे कार्यकालका लागि उनलाई मनोनित गरेको हो। नेपाल ब्यवस्थापन संघको कार्य समितिमा एक जना सरकारी प्रतिनिधि अनिवार्य हुन्छ।
अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक हुन्। उनी पूर्व बैंकर पनि हुन्।
उनी एनएमबि बैंकसँग मर्ज भएको ओम डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत थिए। त्यसअघि सिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनले अन्नपूर्ण फाइनान्समा पनि काम गरेका थिए। उनी त्रिभुवन विश्व विद्यालमा पनि आबद्ध छन्।