BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा १८ डलर बढ्दा सुनको भाउ तोलामै ८ सय महँगो, तोलाको ९४८०० पुग्यो

२०७९ साउन १२

अन्तर्राष्ट्रिय बजारमा १८ डलर बढ्दा सुनको भाउ तोलामै ८ सय महँगो, तोलाको ९४८०० पुग्यो
अन्तर्राष्ट्रिय बजारमा १८ डलर बढ्दा सुनको भाउ तोलामै ८ सय महँगो, तोलाको ९४८०० पुग्यो


काठमाडौं। तीन दिन लगातार घटेको सुनको मूल्य विहीबार तोलामै ८ सय रुपैयाँ बढेको छ। लगातार घटेर तोलाको ९४ हजार रुपैयाँ कायम भएको सुन विहीबार ९४ हजार ८ सय कायम भएको छ।

Tata
Global Ime

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसले स्थानीय बजार प्रभावित बनाएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विहीबार प्रति औंसमै १८ डलर बढेको छ। विहीबार प्रति औंस १७३६.५६ डलर कायम भएको छ।

बुधबार प्रति औंस १७१८.४८ डलर थियो।

विहीबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेको छ। यो मूल्य बढेपछि चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँ कायम छ।