काठमाडौं। बढ्न थालेको सुनको मूल्यमा पुनः गिरावट भएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि कारोबार मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
साताको पहिलो दिन आइतबार २ सय रुपैयाँ बढ्दा सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ थियो।
चाँदीको मूल्य सोमबार तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार २ सय २० रुपैयाँ कायम भएको छ। आइतबार १० रुपैयाँले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७६०.७२ डलर र चाँदी २०.१४ डलर छ।