BIZMANDU
www.bizmandu.com

भारतमा फाइभजी स्पेक्ट्रमलाई अपरेटरले खर्चिए १९ अर्ब डलर, अम्बानीको जिओ एक्लैले हाल्यो ११ अर्ब

२०७९ साउन १६

भारतमा फाइभजी स्पेक्ट्रमलाई अपरेटरले खर्चिए १९ अर्ब डलर, अम्बानीको जिओ एक्लैले हाल्यो ११ अर्ब
भारतमा फाइभजी स्पेक्ट्रमलाई अपरेटरले खर्चिए १९ अर्ब डलर, अम्बानीको जिओ एक्लैले हाल्यो ११ अर्ब


काठमाडौं। भारतको फाइभजी स्पेक्ट्रम लिलामीमा टेलिकम अपरेटरहरुले १९ अर्ब अमेरिकी डलर खर्चिएका छन्। जसमध्ये भारतीय अर्बपति मुकेश अम्बानीको टेलिकम कम्पनी जिओ एक्लैले ११ अर्ब डलर बराबरको एयरवेभ्स जित्न सफल भएको छ। 

Tata
Global Ime

फाइभजी स्पेक्ट्रम लिलामीमा शीर्ष रहँदै जिओले विश्वको दोस्रो ठूलो मोबाइल बजार भारतमा आफ्नो वायरलेस नेटर्वक थप आक्रामक रुपमा विस्तार गर्ने देखिएको छ। 

भारतका दूरसञ्चार मन्त्री आश्विनी वैशनवले टेलिकम अपरेटरहरुले बिक्रीमा राखिएको कुल ७२ गिगाहर्ज स्पेक्ट्रमको ७१ प्रतिशत हिस्सा खरिद गरेको बताएका छन्। लिलामी प्रक्रिया सातौं दिन अर्थात् सोमबार टुंगिएको छ। लिलामी प्रक्रियामा जिओका प्रतिस्पर्धीहरु भारती एयरटेल, भोडाफोन आइडिया र अर्का अर्बपति गौतम अडानीको कम्पनी अडानी इन्टरप्राइजेज लिमिटेडले बिड गरेका थिए। 

एयरटेलले पाँच अर्ब ४० करोड डलर र भोडाफोनले दुई अर्ब ४० करोड डलर मूल्यबराबरको स्पेक्ट्रम हात पारेका छन्। यस्तै, अडानीले जम्मा दुई करोड ७० लाख डलरको एयरवेभ्स खरिद गरेको छ। 

भारत सरकारले फोरजी भन्दा १० गुणा छिटो डेटा स्पिड दिन सक्ने फाइभजी २०२२ अक्टोबरमा रोलआउट गर्ने तयारी स्वरुप स्पेक्ट्रम लिलामी प्रक्रिया टुंग्याएको छ। 

विश्वभर फाइभजी अर्थात् नेक्स्ट जेनेरेसन नेटवर्कलाई बद्लिँदो प्रविधिहरु जस्तै आफैं गुड्ने गाडी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा महत्वपूर्ण ब्रेकथ्रु हुनसक्ने विश्वास गरिएको छ।