BIZMANDU
www.bizmandu.com

उच्चतम बिन्दुदेखि एक रुपैयाँ ६६ पैसाले घट्यो डलरको भाउ, भारुसँगै नेपाली रुपैयाँ पनि बलियो

२०७९ साउन १७

काठमाडौं। अमेरिकी डलरको भाउ उच्चतम बिन्दुपछि १ रुपैयाँ ६६ पैसाले घटेको छ। गत साउन ५ गते डलरको भाउ उच्चतम १२८ रुपैयाँ २९ पैसा पुगेको थियो।

Tata
Global Ime

राष्ट्र बैंकका अनुसार, मंगलबार डलरको भाउ १२६ रुपैयाँ ६६ पैसा कायम भएको छ।

पेट्रोलियम पदार्थको मूल्य बिस्तारै ओर्लिन थालेको, अन्य देशका मुद्राहरुमा क्रमिक सुधार भएका कारण डलर केही कमजोर देखिएको हो।

भारतीय अर्थतन्त्रमा पनि सुधारको संकेत देखिन थालेको छ। यसबाहेक भारतमा प्रत्यक्ष बैदेशिक लगानी बढेर गएको छ। यसले भारतीय मुद्रा बलियो हुँदा नेपाली रुपैयाँमा पनि सकारात्मक प्रभाव परेको हो। भारु र नेरुबीच स्थिर बिनिमय दर छ।