BIZMANDU
www.bizmandu.com

११ वर्षपछि भारतमा गुगल म्याप्सले ‘स्ट्रिट भ्यू’ सेवा सुरु गर्दै, अनुहार र नम्बर प्लेट ब्लर

२०७९ साउन १९

११ वर्षपछि भारतमा गुगल म्याप्सले ‘स्ट्रिट भ्यू’ सेवा सुरु गर्दै, अनुहार र नम्बर प्लेट ब्लर
११ वर्षपछि भारतमा गुगल म्याप्सले ‘स्ट्रिट भ्यू’ सेवा सुरु गर्दै, अनुहार र नम्बर प्लेट ब्लर


गुगल म्याप्सले गत बुधबार टेक महिन्द्रा र जेनेसिससँगको साझेदारीमा भारतका १० शहरहरूमा आफ्नो मनोरम स्ट्रिट भ्यू सेवा सुरु गरेको छ।

Tata
Global Ime

गुगल म्याप्सले एघार वर्षअघि पनि यो सेवा सुरु गर्ने प्रयास गरेको थियो। तर त्यो पहिलो प्रयास भने नियामकीय समस्याका कारण सफल हुन सकेको थिएन ।

यस फिचरले प्रयोगकर्ताहरूलाई क्रुजिङ गाडीहरूद्वारा खिचिएका तस्बिरहरू प्रयोग गरेर संसारभरका सडकहरूको ३६० डिग्री भ्यूहरू प्रदान गर्छ। तर यो फिचर विरुद्ध धेरै देशहरूमा गोपनीयता उजुरी पर्नुको साथै नियामकीय छानबिन समेत भएको छ।

सुरक्षा चिन्ताको कारण गुगललाई पछिल्लो दशकमा कम्तिमा दुई पटक भारतीय सरकारले उक्त फिचरको लन्च रोकेको थियो।

भारतले  गत वर्ष नयाँ भूस्थानिक नीति ल्याएसँगै भारतमा यो फिचर लन्च गर्ने वातावरण भनेको कम्पनीका कार्यकारीहरूको बुझाइ छ। उक्त नीतिले  विदेशी म्याप अपरेटरहरूलाई स्थानीय साझेदारहरूबाट प्राप्त डाटालाई मनोरम इमेजरी प्रदान गर्न अनुमति दिन्छ। 

यसको लागि सम्पूर्ण डाटा सङ्कलन टेक महिन्द्रा र जेनेसिसले गरेको थियो। साथै गुगल म्याप्सका उपाध्यक्ष मिरियम डेनियल स्ट्रिट भ्यू  इमेजरीले व्यक्तिहरूको अनुहार तथा प्लेट नम्बरहरू लाई ब्लर गरेर गोपनीयतासम्बन्धी सरोकारहरूलाई सम्बोधन गरेको दाबी गर्छन् ।

गुगलको अनुसार उक्त फिचर यस वर्षको अन्त्यसम्म ५० भन्दा बढी भारतीय शहरहरूमा उपलब्ध हुनेछ।

योसँगै गुगलले नक्सामा वायु गुणस्तर जानकारी प्रदान गर्न  भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डसँग साझेदारीको घोषणा पनि गरेको छ। (रोयटर्सबाट साभार)