BIZMANDU
www.bizmandu.com

रोजगारमूलक प्रशिक्षणका लागि उद्योग प्रवर्द्धन केन्द्र, सिएनआई र हुलास स्टिलबीच सम्झौता

२०७९ साउन १९

रोजगारमूलक प्रशिक्षणका लागि उद्योग प्रवर्द्धन केन्द्र, सिएनआई र हुलास स्टिलबीच सम्झौता
रोजगारमूलक प्रशिक्षणका लागि उद्योग प्रवर्द्धन केन्द्र, सिएनआई र हुलास स्टिलबीच सम्झौता

काठमाडौं। लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षीय सम्झौता भएको छ। केन्द्रले १८ वर्ष नाघेका नेपालीलाई रोजगारमूलक तालिम दिन यो सम्झौता गरेको हो।

Tata
Global Ime

सम्झौतापत्रमा केन्द्रका उपसचिव ऋषिराम पंगेनी, परिसंघका महानिर्देशक दीपकराज जोशी र हुलास स्टिलका ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रवि केसीले हस्ताक्षर गरे।

सम्झौता अनुसार तीन महिनाको तालिमपछि हुलासले दुई वर्षका लागि रोजगारमूलक प्रशिक्षण कार्यक्रममा छनोटमा परेका व्यक्तिलाई रोजगारी दिनेछ। प्रशिक्षण अवधिको न्यूनतम खर्च सरकारले ब्योहोर्नेछ।

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम संचालन कार्यविधि २०७९मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको हो।