BIZMANDU
www.bizmandu.com

तीजले बढायो सुनको माग, दैनिक २० किलो भन्दा बढि सुन बिक्री, व्यवसायी उत्साहित

२०७९ साउन २१

तीजले बढायो सुनको माग, दैनिक २० किलो भन्दा बढि सुन बिक्री, व्यवसायी उत्साहित
तीजले बढायो सुनको माग, दैनिक २० किलो भन्दा बढि सुन बिक्री, व्यवसायी उत्साहित


काठमाडौं। असारमा सुनको बिक्री घटेर दैनिक १० किलोमा झर्‍यो। विवाहको लगन नभएपछि सुनको कारोबारमा मन्दी छायो। तर साउन लागेपछि विस्तारै सुनको कारोबार बढेको छ।

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले दैनिक २० किलो सुनको कारोबार भइरहेको छ। महासंघका महासचिव धर्मभक्त बज्राचार्यका अनुसार तीजका लागि गहनाको अर्डर गर्ने बढेका छन्। सुनको मूल्य तोलाको ९५ हजारको हाराहारीमा छ।

जेजे ज्वेलर्सका संचालक पवन सोमानियाले तीजका लागि गहनाको अर्डर आउन थालेपछि व्यापार बढेको बताए। 'असारमा सुनको कारोबार एकदमै कम भयो। तर साउन लागेपछि कारोबार बढेको छ। यसले हामीलाई उत्साहित बनाएको छ,' उनले बिजमाण्डूसँग भने।

विवाह र चाडर्वमा दैनिक ४० किलोसम्म सुनको कारोबार हुन्छ। असारमा अफसिजन भएकाले धेरै व्यवसायीले सुन स्टक राखे। उनीहरुले त्यही सुन चाडपर्वको बेलामा बेच्ने गर्छन्। सरकारले सुनको दैनिक कोटा २० किलो मात्रै तोकेकोले स्टक सुन बेच्नुपर्ने बाध्यता छ।