काठमाडौं। गत साताको अन्तिम दिनका तुलनामा आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट छ। सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्यमा पनि गिरावट छ। महासंघका अनुसार गत साताका तुलनामा तोलामा १५ रुपैयाँले घटेको छ। आइतबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको १२ सय २० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्यमा गिरावट देखिएको छ। गत शुक्रबार प्रतिऔंस १७९२.५८ डलरमा कारोबार भएको सुन घट्दै आइतबार १७७४.९६ डलरमा आइपुगेको छ।
चाँदी पनि २०.३१ डलर प्रतिऔंसबाट घटेर कारोबार हुँदै १९.९० डलरमा आएको छ।