BIZMANDU
www.bizmandu.com

माइपे ले ल्यायो ‘माइपे क्वाइन’मार्फत भुक्तानी गर्ने सुविधा, १ क्वाइनको मूल्य १ रुपैयाँ नै हुने

२०७९ साउन २३

काठमाडौं। माई पे डिजिटल वालेटले 'माई पे क्वाइन' सार्वजनिक गरेको छ। १ क्वाइन बराबर १  रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ।

Tata
Global Ime

माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो।

यससँगै माई पे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म पैसा रिटर्न पाउन सक्नेछन्। यसैगरी टेलिभिजनको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरसमेत रहेको कम्पनीले जनाएको छ।

यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँडिएको माई पेले जानकारी दिएको छ।  

उदाहरणका लागि माई पेबाट एक हजार रुपैयाँको मोबाइल टपअप गरेमा ४ प्रतिशत अर्थात ४० रुपैयाँ फिर्ता हुन्छ। जसमा २० रुपैयाँ क्यासको रुपमा वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० रुपैयाँ क्वाइनको रुपमा जम्मा हुन्छ। माईं पेबाट गरिएको सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ।

‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सीमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पेका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन संचालनमा ल्याएका छौं।’

यसरी प्राप्त भएको क्वाइन त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सकिने बताइएको छ। माई पेका अनुसार क्वाइन प्रयोग गर्दा प्रयोगकर्ताले केवाइसी (ग्राहक परिचय फाराम) भने भरेको हुनुपर्नेछ।