BIZMANDU
www.bizmandu.com

मट्टितेलको बिक्री वितरणमा अझै लापरवाही, निगमद्वारा बिक्रेतालाई कारबाही चेतावनी

२०७९ साउन २३

मट्टितेलको बिक्री वितरणमा अझै लापरवाही, निगमद्वारा बिक्रेतालाई कारबाही चेतावनी
मट्टितेलको बिक्री वितरणमा अझै लापरवाही, निगमद्वारा बिक्रेतालाई कारबाही चेतावनी


काठमाडौं। मट्टितेलको बिक्री वितरणमा लापरवाही बढेको भन्दै नेपाल आयल नियमले बिक्रेतालाई कारबाहीको चेतावनी दिएको छ। बेच्ने ठाउँबारे प्रष्ट देखिने सूचना नराख्ने गुनासो आउन थालेपछि  बिक्रेताले उपभोक्तालाई असहज पार्न नहुने भन्दै निगमले सूचना जारी गरेको छ। 

Tata
Global Ime

मट्टितेलको बिक्री स्थलबारे उपभोक्ता जानकार नभएको प्रति ध्यानाकर्षण भएको निगमले जनाएको छ । निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावलीअनुसार भौतिक पूवार्धार पुरा गरी नियुक्ति पाएका मट्टितेल बिक्रेताले अव्यवस्थित तरिकाले बिक्री वितरण गर्नुपर्छ। 

बिक्रेताहरुलाई पटक पटक सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दा पनि नटेरेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए। 'नियमअनुसार सुरक्षा व्यवस्था, बिक्री स्थलमा साइनबोर्ड, सवारी आवातजावत गर्ने क्षेत्रमा पम्प नराख्ने र बिक्री स्थल छ भनेको ठाउँमा बिक्री कक्ष नभएको पाइएको छ,' उनले भने, 'उपभोक्ता असजिलो पारेको देखिएको छ।' 

त्यस्ता मट्टितेल बिक्रेताले ३५ दिनभित्र तोकिए बमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगममा सम्पर्क गर्न सूचना जारी गरिएको छ। नआउने मट्टितेल बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी निगमले दिएको छ।

हाल मट्टितेल दैनिक २० केएल(२० हजार लिटर) बिक्री हुने सहप्रवक्ता कार्कीले बताए। खपतको अनुपातमा निगमले मट्टितेल आयात गर्ने गरेको छ। मट्टितेलको खपत उद्योग र निर्माणका काममा बढी हुने गरेको छ।