BIZMANDU
www.bizmandu.com

पप्पुले अलपत्र पारेको पर्साको तिलावे पुल ७ वर्षपछि बन्यो, बुधबार यातायातमन्त्रीबाट उद्घाटन

२०७९ साउन २३

पप्पुले अलपत्र पारेको पर्साको तिलावे पुल ७ वर्षपछि बन्यो, बुधबार यातायातमन्त्रीबाट उद्घाटन
पप्पुले अलपत्र पारेको पर्साको तिलावे पुल ७ वर्षपछि बन्यो, बुधबार यातायातमन्त्रीबाट उद्घाटन


वीरगंज। पर्साको तिलावे पुलको ७ वर्षपछि निर्माण सम्पन्न भएको छ। पर्साको ग्रामिण भेग र सदरमुकाम वीरगंज जोड्ने मुख्य सडकखण्ड भित्रको पुलको रुपमा चिनिने तिलवे पुलको निर्माण पूरा भएको हो।

Tata
Global Ime

पुलको बुधवार संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्द इस्तियाक राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको पप्पु कन्सट्रक्सन प्रालि वीरगंजका अध्यक्ष सुमित रौनियारले जानकारी दिए।

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने सम्झौतामा ठेक्का सकारेको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजका अनुसार सम्झौता बमोजिम पुल २०७५ जेठ २४ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, ठेक्का लागेको ७ वर्षसम्म विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले पटक-पटक म्याद थप गराउँदै आएको थियो।

यसअघि, अलपत्र परेको पुलको निर्माण कार्य स्थानीय युवाहरुले पुल निर्माणस्थलमै १ महिनासम्म प्रदर्शन सहित दबाब दिएपछि गत मंसिरबाट सञ्चालन भएको थियो। त्यसबेला जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदारसहितको सर्वपक्षिय बैठकमा अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य गत मंसिर १ गते देखि सुरु गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार पुनः काम सुरु भएर अहिले तिलावे पुलको निर्माण सकिएको हो।

निर्माणको ठेक्का सम्झौता २०७३ सालमा भएपनि प्रक्रियागत, प्राविधक र आर्थिक समस्याका कारण पुल निर्माणमा तोकिएभन्दा बढी समय लाग्न पुगेको पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनीयारले बताए। उनले ठेक्का लागेको १८ महिनापछि मात्रै पुलको नक्सा दिएकोले पनि निर्माणमा समय लागेको बताए।

तिलावे नदीको पुरानो फलामे पुल जीर्ण भइसकेको र साँघुरा पनि भएका कारण त्यहा हरेक दिन बिहान र साँझ घण्टौँसम्म जाम लाग्ने गरेको छ।