BIZMANDU
www.bizmandu.com

बाइनेरी गेटवेले ल्यायो ‘मेरो मम्मा’ एप, गर्भधारणदेखि शिशु स्याहारसम्मलाई चाहिने जानकारी एकीकृत

२०७९ साउन २४

बाइनेरी गेटवेले ल्यायो ‘मेरो मम्मा’ एप, गर्भधारणदेखि शिशु स्याहारसम्मलाई चाहिने जानकारी एकीकृत
बाइनेरी गेटवेले ल्यायो ‘मेरो मम्मा’ एप, गर्भधारणदेखि शिशु स्याहारसम्मलाई चाहिने जानकारी एकीकृत


काठमाडौं। बाइनेरी गेटवेले 'मेरो मम्मा' एप सार्वजनिक गरेको छ। यो अभिभावकहरूलाई गर्भधारणको पहिलो दिनदेखि अभिभावकत्वको विभिन्न चरणहरूमा आवश्यक पर्ने विभिन्न शिशु केयर प्रोडक्ट तथा सेवाहरू फेला पार्नका लागि एक एकीकृत मोबाइल एप हो।

Tata
Global Ime

होटेल याक एण्ड यतिमा सोमबार आयोजित कार्यक्रममा 'मेरो मम्मा'का सह-संस्थापक रवि अग्रवाल, आशिष अग्रवालले उक्त मोबाइल एप सार्वजनिक गरेका हुन्। 

यस एपमा गर्भवती महिला तथा नवजात शिशुहरुको लागि अवश्यक पर्ने डाक्टर तथा विज्ञहरूद्वारा लखिएको सूचनामूलक लेख तथा डाक्टरहरू, प्रोफेसनलहरू र सेवा संस्थानहरूकोको सम्पर्क र ठेगाना पनि उपलब्ध छ।  

साथै यस एपमा गर्भधारणका विभिन्न चरणहरू सम्बन्धी जानकारी, गर्भवती अवस्थामा चाहिने सहि सल्लाह पनि राखिएको छ। जसले गर्दा मेरोमम्माले सही सूचना र सल्लाहको अभाव भएर ओझेलमा परेका अभिभावकहरूलाई समाधान प्रदान गर्न मद्दत गर्ने सह-संस्थापकको विश्वास छ। 

यो एप बनाउनु पछाडिको कारण पनि आशिष र उनको श्रीमतीका लागि गर्भावस्था तथा अभिभावकत्वको सुन्दर यात्रामा सही सूचना र आवश्यक सामाग्री खरिद गर्ने ठाउँको अभावले लेराएको नमिठो अनुभव छ।

आशिषका अनुसार यो एपको मुख्य उद्देश्य भनेको गर्भधान गरिरहेका जोडीहरुलाई सही सूचनासँग जोड्नु तथा गर्भावस्था तथा अभिभावकत्वको चरणमा चाहिने सबै सामग्री तथा सेवाहरू एक ठाउँबाट उपलब्ध गराउनु हो। 

'मेरो मम्मा'ले सुरुवातमा सेवाग्राहीहरुका लागि निःशुल्क ढुवानी, छुट, साथै विभिन्न अफरहरु पनि प्रदान गर्दै छ।