BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा २ सयको बढोत्तरी, प्रतितोला ९७ हजार रुपैयाँ नाघ्यो, चाँदी भने घट्यो

२०७९ साउन २५

सुनको मूल्यमा २ सयको बढोत्तरी, प्रतितोला ९७ हजार रुपैयाँ नाघ्यो, चाँदी भने घट्यो
सुनको मूल्यमा २ सयको बढोत्तरी, प्रतितोला ९७ हजार रुपैयाँ नाघ्यो, चाँदी भने घट्यो


काठमाडौं। सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

अघिल्लो दिनका तुलनामा ६ सय बढ्दा मंगलबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको कारोबार मूल्य साउनयताकै उच्च हो।

चाँदीको मूल्य १० रुपैयाँ घटेको छ। बुधबारका लागि कारोबार मूल्य १२ सय ३० रुपैयाँ भएको छ। मंगलबार तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १२ सय ४० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ डलर नजिक पुगेको छ। बुधबार प्रतिऔंस १७९०.२१ डलरमा कारोबार भइरहेको छ।  चाँदी प्रतिऔंस २०.४१ डलर छ।