BIZMANDU
www.bizmandu.com

आइएमई पेले ल्यायो सेयर लगानीकर्तालाई नयाँ सेवा, टिएमएसबाट कारोबारको भुक्तानी अब आइएमई पेबाट

२०७९ साउन २५

आइएमई पेले ल्यायो सेयर लगानीकर्तालाई नयाँ सेवा, टिएमएसबाट कारोबारको भुक्तानी अब आइएमई पेबाट
आइएमई पेले ल्यायो सेयर लगानीकर्तालाई नयाँ सेवा, टिएमएसबाट कारोबारको भुक्तानी अब आइएमई पेबाट


काठमाडौं। आईएमई पेले सेयर लगानीकर्ताका लागि टिएमएसमार्फत गर्ने कारोबारको भुक्तानी सेवा संचालनमा ल्याएको छ। 

Tata
Global Ime

यससँगै सेयर लगानीकर्ताले आफ्नो  टिएमएसमार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई  सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने धितो रकम (कोल्याट्रल) लोड गर्न सक्ने कम्पनीले जनाएको छ। 

हाल यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमार्फत हुने कारोबारको भुक्तानीका लागि उपलब्ध रहेको आईएमई पेले विज्ञप्तिमा उल्लेख गरेको छ। आगामी दिनमा बाँकी ब्रोकरहरु पनि यस सेवामा थपिने कम्पनीको भनाइ छ। 

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे राजेर सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने बताइएको छ। साथै, भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताएका छन् ।

यो भुक्तानी रियल–टाईममा हुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्ने दाबी गरिएको छ । यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालका लागि निशुल्क सेवा पाउने जनाइएको व्यवस्था मिलाइएको छ।