BIZMANDU
www.bizmandu.com

नेपाली कम्पनीले बनाएको एप ‘कलब्रेक’ गुगल प्लेस्टोरबाट १० करोड पटक भयो डाउनलोड

२०७९ साउन २७

नेपाली कम्पनीले बनाएको एप ‘कलब्रेक’ गुगल प्लेस्टोरबाट १० करोड पटक भयो डाउनलोड
नेपाली कम्पनीले बनाएको एप ‘कलब्रेक’ गुगल प्लेस्टोरबाट १० करोड पटक भयो डाउनलोड



काठमाडौं। नेपाली कम्पनी टेस्लाटेकले निर्माण गरेको अनलाइन गेम ‘कलब्रेक’ १० करोड पटक डाउनलोड भएको छ। सन् २०१४ नोभेम्बर २ मा कम्पनीले कलब्रेक मल्टिप्लेयर ०.०.१ सार्वजनिक गरेको थियो। २०१५ अप्रिल १३ मा टेस्लाटेक ‍औपचारिक सुरुआत भएको थियो। 

Tata
Global Ime

सन् २०१७ अप्रिल १ मा गुगल प्ले स्टोरमा ५० लाख पटक कलब्रेक मल्टिप्लेयर डाउनलोड भएको कम्पनीले जनाएको छ। त्यसको तीन दिन पछि अप्रिल ४ मा मात्रै उक्त कम्पनी टेस्लाटेक प्रालिको नाममा दर्ता भएको थियो। 

२०१७ सेप्टेम्बरमा उक्त गेम एक करोड पटक गुगल प्ले स्टोरबाट डाउनलोड भएको थियो। २०१९ जुन १५ मा डाउनलोड संख्या ह्वात्तै बढेर पाँच करोड पुगेको थियो।

२०२० नोभेम्बर ८ मा कम्पनीले अर्को गमे शब्द पहेली सार्वजनिक गरेको थियो। बिहीबार भने कम्पनीले सार्वजनिक गरेको कलब्रेक १० करोड पटक डाउनलोड भएको कम्पनीले जनाएको छ।