BIZMANDU
www.bizmandu.com

 भिडियो स्ट्रिमिङ  सर्भिसको लागि अनलाइन स्टोर सुरु गर्दै युट्युब, २०२२ को अन्त्यसम्ममा आउने

२०७९ साउन २९

युट्युबले भिडियो स्ट्रिमिङ  सर्भिसको लागि अनलाइन स्टोर सुरु गर्ने योजना बनाएको छ।

Tata
Global Ime

वाल स्ट्रीट जर्नलको एक रिपोर्ट अनुसार कम्पनीले मनोरञ्जन कम्पनीहरूसँग उक्त प्लाटफर्ममा सहभागी हुनका लागि छलफललाई नवीकरण गरेको छ। यसलाई  युट्युबले आन्तरिक रूपमा ‘च्यानल स्टोर’को रूपमा उल्लेख गरेको छ।

शुक्रबार प्रकाशित सोहि रिपोर्टको अनुसार उक्त प्लाटफर्मलाई संचालनमा ल्याउनकालागि  बिगत १८ महिनादेखि काम भइरहेको छ भने सो प्लाटफर्म यही वर्ष २०२२ को अन्त्यसम्म उपलब्ध हुने प्रक्षेपण गरिएको छ।

धेरै उपभोक्ताहरूले केबल वा स्याटेलाइट टिभीबाट सब्स्क्रिब्सन आधारित स्ट्रिमिङ सर्भिसमा सिफ्ट हुँदै गर्दा युट्युबको यस योजनाबद्ध सुरुवातले यसलाई रोक्न इंक र एप्पलजस्ता कम्पनीहरूसँग जोडिने अवसर प्राप्त हुनेछ। 

त्यस्तै गत हप्ताको सुरुवातमा न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार वालमार्टले पनि मिडिया कम्पनीहरूसँग यसको सदस्यता सेवामा स्ट्रिमिङ मनोरञ्जन समावेश गर्ने बारे कुराकानी गरेको छ। (रोयटर्सबाट साभार)