BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, आइतबार प्रतितोला ९७ हजार ८ सय, चाँदी पनि बढ्यो

२०७९ साउन २९

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, आइतबार प्रतितोला ९७ हजार ८ सय, चाँदी पनि बढ्यो
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, आइतबार प्रतितोला ९७ हजार ८ सय, चाँदी पनि बढ्यो



काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य बढेको छ। तोलामा ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

अघिल्लो दिनका तुलनामा तोलामा ७ सय बढ्दा गत शुक्रबार सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

दुई दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि आइतबार तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय ५० रुपैयाँ भएको छ।
गत शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

तीज पर्व नजिकिँदै गर्दा सुनको मूल्य पुन: उकालो लाग्न थालेको देखिएको छ। सुनचाँदी व्यवसायीहरुका अनुसार यतिबेला बजारमा सुनको माग धेरै छ। दैनिक २० केजीभन्दा बढीको माग हुने गरेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८ सय डलर छ। गत शुक्रबार १७९२.०२ डलर थियो। २०.४१ डलरबाट बढेर चाँदी प्रतिऔंस २०.८० डलर भएको छ।