BIZMANDU
www.bizmandu.com

केपी ओलीले सबै सम्पत्ति दान गरिसकेका हुन्? खुल्दैन सम्पत्ति विवरणमा, ५० लाख त नगदै

२०७९ साउन २९

केपी ओलीले सबै सम्पत्ति दान गरिसकेका हुन्? खुल्दैन सम्पत्ति विवरणमा, ५० लाख त नगदै
केपी ओलीले सबै सम्पत्ति दान गरिसकेका हुन्? खुल्दैन सम्पत्ति विवरणमा, ५० लाख त नगदै


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा सम्पत्ति नरहेको बताएका छन्। उनले भएको सम्पत्ति दान दिइसकेको भन्दै उपचार गर्न पनि अरुको मुख ताक्नुपर्ने अवस्था रहेको बताए।

Tata
Global Ime

आइतबार राजधानीको एक कार्यक्रममा बोल्दै उनले सांसद भएकाले अलिकति पैसा त्यहाँबाट आउने बताए। तर बाँकी सम्पत्ति केही पनि नरहेको उनको दाबी थियो।

उनले प्रधानमन्त्री हुँदा २०७५ जेठ ९ गते सार्वजनिक गरेको सम्पत्ति विवरणमा भने दान दिएको खुल्दैन। त्यसबेला सार्वजनिक ओलीको सम्पत्ति विवरण अनुसार, उनको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रकम मौज्दात थियो।

तलबभत्ताबाट उक्त रकम प्राप्त भएको उल्लेख गरिएको थियो। अरु सम्पत्ति भने पत्नी राधिका शाक्यको नाममा रहेको उल्लेख गरिएको थियो।  पत्नीको नाममा भक्तपुर सूर्यविनायकमा डेढ रोपनी, झापामा १० कट्ठा जमिन रहेको उल्लेख छ। त्यसैगरी सुनका गरगहनामा १७-१८ तोला रहेको उल्लेख गरिएको छ।

पत्नीको नाममा माछापुच्छ्रे बैंक र प्रभु बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको पनि उल्लेख गरिएको थियो। त्यसैगरी राष्ट्रिय बचतपत्रमा २५ लाख कित्ता रहेको उल्लेख गरिएको छ।