BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ४ सय रुपैयाँ घट्यो, यस्तो छ आजको बजार मूल्य

२०७९ साउन ३०

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ४ सय रुपैयाँ घट्यो, यस्तो छ आजको बजार मूल्य
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ४ सय रुपैयाँ घट्यो, यस्तो छ आजको बजार मूल्य


काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिनका तुलनामा दोस्रो दिन सुन तोलामा ४०० र चाँदी १५ रुपैयाँले घटेको हो। 

Tata
Global Ime

महासंघका अनुसार सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ भएको छ। आइतबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। 

यस्तै सुनसँगै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँ भएको छ। आइतबार १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार सुनको मूल्य तोलामा ५०० र चाँदी २५ रुपैयाँ बढेको थियो। 

यस्तै आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७९३.५१ डलर र चाँदी प्रतिऔंस २०.६२ डलरले कारोबार भइरहेको छ ।