BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले गिरावट, मंगलबार प्रतितोला ९६ हजार ७ सयले कारोबार हुँदै

२०७९ साउन ३१

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले गिरावट, मंगलबार प्रतितोला ९६ हजार ७ सयले कारोबार हुँदै
सुनको मूल्य तोलामा ७ सय रुपैयाँले गिरावट, मंगलबार प्रतितोला ९६ हजार ७ सयले कारोबार हुँदै


काठमाडौं। दुई दिनदेखि सुनको मूल्य घट्न थालेको छ। अघिल्लो दिनका तुलनामा मंगलबार तोलामा ७ सय रुपैयाँ घटेको छ।

Tata
Global Ime

बजार मूल्य प्रतितोला ९६ हजार ७ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साउनमा मूल्य उच्च हुँदा सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो। साउन १ को तुलनामा अन्तिम दिन ३ हजार १ सय रुपैयाँको फरक छ। साउन १ मा प्रतितोला ९३ हजार ६ सय भएको थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। मगलबार प्रतितोला १२ सय २० रुपैयाँ छ। सोमबार १५ रुपैयाँ घट्दा प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७८२.१० डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २०.२१ डलर छ।