BIZMANDU
www.bizmandu.com

सरकारले ल्यायो राउटरसम्बन्धी मापदण्ड, एक वर्ष वारेन्टीदेखि आइएसपी फेर्दा पुरानै राउटरसम्म

२०७९ साउन ३१

सरकारले ल्यायो राउटरसम्बन्धी मापदण्ड, एक वर्ष वारेन्टीदेखि आइएसपी फेर्दा पुरानै राउटरसम्म
सरकारले ल्यायो राउटरसम्बन्धी मापदण्ड, एक वर्ष वारेन्टीदेखि आइएसपी फेर्दा पुरानै राउटरसम्म


काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउने भन्दै घरायसी राउटर र अप्टिकल नेटवर्क टर्मिनल (ओएनटी)/ अप्टिकल नेटर्वक युनिट (ओएनयू) को मापदण्ड तय गरेको छ। 

Tata
Global Ime

दूरसंचारका घरायसी राउटर र ओएनटी/ओएनयूको आयात तथा प्रयोग गर्नुपूर्व प्राधिकरणबाट अनिवार्य स्तर स्वीकृति गर्नुपर्ने छ। 
अब एउटा इन्टरनेट सेवा प्रदायकको डिभाइस अर्को सेवा प्रदायकको सेवा लिँदा पनि प्रयोग गर्न मिल्ने अर्थात् इन्टरअपरेटेबल हुनुपर्ने छ। 

अर्थात् उदाहरणका लागि तपाईंले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गरिरहनु भएको छ र केही समयमा त्यसको सेवा फेरेर क्लासिक टेकमा रुपान्तरण गरेमा पुरानै आइएसपीले दिएको डिभाइस नयाँमा पनि प्रयोग गर्न मिल्ने हुनुपर्ने प्रावधान प्राधिकरणले ल्याएको छ। 

यसका कारण उपभोक्ताहरुले सेवा प्रदायक फेरेपिच्छे डिभाइस फेर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास प्राधिकरणको छ। सेवा प्रदायक फेर्दा आइएसपीहरुले डिभाइस अनलक गर्दिनुपर्ने हुन्छ। 

प्रयोगकर्तासँग भएको राउटर बिग्रिएको अवस्थामा सेवा प्रदायकले एक दिन भित्रै मर्मत सेवा दिनुपर्नेछ। सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्ताहरुलाई जडित उपकरणको प्रयोग र क्षमतासहितका विवरण बारे जानकारी गराउनुपर्ने जिम्मेवारी तोकेको छ। 

इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई उपलब्ध गराएको रेडियोयुक्त डिभाइसहरुमा कम्तिमा एक वर्ष वारेन्टी दिनुपर्ने भएको छ। सेवा प्रदायकहरुले इन्टरनेटको गति र वायरलेस रेन्ज बढाउन रिपिटर्स वा एस्कटेन्डर्स प्रयोग गर्न प्रयोगकर्ताहरुलाई सिफारिस गर्नुपर्ने भनेको छ। 
प्राधिकरणले रिफर्बिस गरिएका राउटरलगायतका उपकरण प्रयोग वा पुन:प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। 

हेर्नुहोस् मापदण्ड