BIZMANDU
www.bizmandu.com

सुनको मूल्य फेरि घट्यो, बुधबार प्रतितोला ९६ हजार २ सयमा आइपुग्यो, चाँदी पनि गिरावट

२०७९ भदौ १

सुनको मूल्य फेरि घट्यो, बुधबार प्रतितोला ९६ हजार २ सयमा आइपुग्यो, चाँदी पनि गिरावट
सुनको मूल्य फेरि घट्यो, बुधबार प्रतितोला ९६ हजार २ सयमा आइपुग्यो, चाँदी पनि गिरावट



काठमाडौं। सुनको मूल्य क्रमिक घट्न थालेको छ। बुधबार तोलामा ५ सय रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बजार मूल्य ९६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

मंगलबार तोलामा ७ सय रुपैयाँ घट्दा प्रतितोला ९६ हजार  ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको कारोबार मूल्यमा पनि गिरावट छ। तोलामा १० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ भएको छ। मंगलबार १५ रुपैयाँ घट्दा प्रतितोला १२ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १७८२.१० डलर रहेको सुन घट्दै बुधबार प्रतिऔंस १७७८.९५ डलर भएको छ। चाँदी प्रतिऔंस २०.२० डलरमा कारोबार भइरहेको छ।