BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमले भारत कल गर्न ल्यायो इन्डिया भ्वाइस प्याक, ५९ रुपैयाँदेखि पाइन्छ प्याक

२०७९ भदौ २

नेपाल टेलिकमले भारत कल गर्न ल्यायो इन्डिया भ्वाइस प्याक, ५९ रुपैयाँदेखि पाइन्छ प्याक
नेपाल टेलिकमले भारत कल गर्न ल्यायो इन्डिया भ्वाइस प्याक, ५९ रुपैयाँदेखि पाइन्छ प्याक

काठमाडौं। नेपाल टेलिकमले भारत कल गर्न इन्डिया भ्वाइस प्याक सार्वजनिक गरेको छ। 

Tata
Global Ime

बुधबारदेखि लागु भएको प्याकेजअन्तर्गत टेलिकमले दैनिक, साप्ताहिक र मासिक अफर ल्याएको छ। 

इन्डिया भ्वाइस प्याक, डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक ५९ रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ। 

त्यसैगरी विक्ली अफर अन्तर्गत सात दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिनसम्म दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २५९ रुपैयाँमा र ७५९ रुपैयाँमा उपलब्ध रहेको टेलिकमले जनाएको छ।