BIZMANDU
www.bizmandu.com

युरोपेली सवारी मेला ‘द जेनेभा इन्टरनेशनल मोटर शो’ स्थगित, कारण आर्थिक मन्दी र भूराजनीतिक समस्या

२०७९ भदौ ४

युरोपेली सवारी मेला ‘द जेनेभा इन्टरनेशनल मोटर शो’ स्थगित, कारण आर्थिक मन्दी र भूराजनीतिक समस्या
युरोपेली सवारी मेला ‘द जेनेभा इन्टरनेशनल मोटर शो’ स्थगित, कारण आर्थिक मन्दी र भूराजनीतिक समस्या


काठमाडौं। पेट्रोल-डिजल इन्जिनबाट विश्व अटोमोबाइल बजार अब इलेक्ट्रिकतर्फ लागेको छ। कुन कम्पनीले केके ल्याउँदैछन् भन्ने जान्नका लागि युरोपको सबैभन्दा ठूलो सवारी मेला 'द जेनेभा इन्टरनेशनल मोटर शो' को पर्खाइमा रहेकाहरुका लागि नरमाइलो खबर छ।

Tata
Global Ime

उक्त शो यो स्थगित भएको छ। उक्त मेला २०२३ को फेब्रुअरी १४-१९ सम्म स्वीट्जरल्यान्डको जेनेभामा हुन लागेको थियो।

नयाँ नयाँ मोडल लञ्च हुने यो मेलामा संसारभरका अटोमोबाइल व्यवसायीको ध्यान रहने गरेको छ। आयोजक टिमले विश्वको आर्थिक अवस्था र भू-राजनीतिक समस्याका कारण शो स्थगित गरिएको जनाएको छ।

अटोमोबाइल जगतका लागि बहुप्रतिक्षित यो मेलाका सन् २०२०, २०२१ र २०२२ का संस्करण कोरोना महामारीका कारण हुन सकेका थिएनन्। चौथो वर्ष पनि यो मेला अनिश्चित बनेको छ। 

यस्तै कतारको दोहामा हुने 'द कतार जेनेभा इन्टरनेशनल मोटर शो' भने अर्को वर्षको नोभेम्बरमा हुने भएको छ। यो मोटर शो कतारको दोहासँगै र अन्य केही सहरमा एकैचोटि हुने आयोजकले जनाएका छन्। आयोजक टिमले नोभेम्बरको कुन समयमा हुन्छ भनेर मिति तोक्न भने बाँकी छ। 

दोहा मोटर शोको मिति छिटै तय हुने आयोजकको भनाइ छ।