BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीयमा स्थिर, चाँदी तोलामा १५ रुपैयाँले घट्यो

२०७९ भदौ ५

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीयमा स्थिर, चाँदी तोलामा १५ रुपैयाँले घट्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीयमा स्थिर, चाँदी तोलामा १५ रुपैयाँले घट्यो



काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटे पनि स्थानीय बजारमा स्थिर छ। आइतबार कारोबार मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Tata
Global Ime

गत साता प्रतितोला ९७ हजार ८ सय रुपैयाँबाट लगातार घटेर उक्त मूल्यमा आइपुगेको थियो।

चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घटेको छ। कारोबार मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँ घट्दा प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य थोरै घटेको छ। गत शुक्रबार प्रतिऔंस १७५२.९२ डलर रहेको सुन घट्दै १७४७.६० डलरमा कारोबार भइरहेको छ। चाँदी पनि घटेको छ। गत साताको अन्तिम दिन १९.३२ डलर रहेको चाँदी आइतबार प्रतिऔंस १९.०६ डलर छ।