BIZMANDU
www.bizmandu.com

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व, प्राची चयन

२०७९ भदौ ५

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व, प्राची चयन
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व, प्राची चयन


काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा कुनाल फ्लोरिङ एण्ड फर्निसिङको कार्यकारी निर्देशक प्राची अग्रवाल चयन भएकी छिन्।

Tata
Global Ime

मञ्चको पूर्व-अध्यक्ष तथा सस्तोडिलका सह-संस्थापक अमुन थापाले आफ्नो फेसबुक मार्फत पोस्ट गर्दै मञ्चको अध्यक्षको भूमिकालाई प्राचीलाई हस्तान्तरण गरेको जानकारी गराएका हुन्।

सन् २०१७ मा युवा उद्यमीहरूलाई एकसाथ ल्याएर उनीहरूको क्षमता वृद्धि गर्दै आउने पुस्ताको बिजनेस लिडरहरू बनाउने उद्देश्य नेपाल उद्योग परिसंघद्वारा सुरु गरेको हो। यस मञ्चको पहिलो महिला अध्यक्षमा प्राची चयन भएकी हुन्। 

प्राची यस मञ्चको बोर्ड मेम्बेरमा लर्निङ चेयरको रुपमा सक्रिय थिइन्। अमुनले हालै आयोजना भएको नेपालको पहिलो स्टार्टअप फेस्ट भव्य सफलतामा प्राचीको महत्वपूर्ण भूमिका रहेको बताउँछन्। 

अमुनले पोस्ट मार्फत नै शुभकामना दिँदै लेखेका छन्, ‘एउटी महिला लिडरले देशको महत्वपूर्ण व्यापारिक संघको नेतृत्व सम्हालेको देख्दा म एकदमै खुसी छु। प्राची र उनको बोर्डलाई धेरै सफल वर्षको शुभकामना।’

यो पनि पढ्नुहोस्

मारवाडी छोरीबुहारीको ब्यापारमा नेतृत्व: प्राची जसलाई साहसको कथाले हिम्मत दिन्छ