BIZMANDU
www.bizmandu.com

गायक दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

२०७९ भदौ ५

काठमाडौं। गायक दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त भएका छन्। पर्यटनमन्त्री जीवनराम श्रेष्ठले गायक पोखरेल विश्व सद्भावना दूत नियुक्त भएको जानकारी दिएका हुन्।

Tata
Global Ime

उनले भने, ‘आफ्नो प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान दिनुभएका पोखरेलले प्राकृतिक सुन्दरता, जैविक तथा साँस्कृतिक विविधताले भरिपूर्ण नेपालका सम्पदाहरूको प्रचारप्रसारमा थप योगदान दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ।’

काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा अमेरिका गएका पोखरेल ‘अमेरिकन आइडल’मा सहभागी भएपछि लोकप्रिय बनेका थिए।

पोखरेलजस्ता नयाँ प्रतिभाहरुले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको मन्त्री श्रेष्ठले बताए।