BIZMANDU
www.bizmandu.com

विकासका लागि पूर्वाधार नाराका साथ इन्फ्रास्ट्रक्चर आइडिया हन्ट-२०२२ को लागि आवेदन माग

२०७९ भदौ ६

काठमाण्डौं। बिजनेसका नयाँ क्षेत्र, सम्भावना र सम्भाव्यता पहिल्याउन इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ हुने भएको छ। यसमा सहभागिताका लागि आफ्नो आइडिया पठाउन चाहनेलाई आवेदन फाराम खुला भएको छ। 

Tata
Global Ime

आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा यो सम्मेलन नेपाल उद्योग परिसंघले यसको आयोजना गर्ने भएको हो। भदौ २३ गते हुने नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ चौथो संस्करणको एक कार्यक्रम हो।

आइडिया स्टुडियो नेपाल अनुसार पूर्वाधार विकासका लागि नवीनतम बिजनेस आइडिया भएका नेपालभित्र र विदेशमा रहेका नेपालीलाई प्रोत्साहन र अवसर प्रदान गर्ने लक्ष्यका साथ आवेदन फारम खुला गरिएको छ।

हाल राष्ट्रले भोग्नुपरेका सामाजिक-आर्थिक अवरोधहरू समाधान गर्न यो कार्यक्रमबाट मद्दत मिल्ने अपेक्षा आयोजकको छ। इन्फ्रास्ट्रक्चर फर ग्रोथ अर्थात् ‘विकासका लागि पूर्वाधार’ भन्ने नाराका साथ काठमाडौंमा आयोजना हुने दुईदिने कार्यक्रममा शीर्ष तीन बिजनेस आइडियाले पहिलो, दोस्रो र तेस्रो भएर क्रमशः नगद रु १ लाख ५० हजार,  १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। 

इन्फ्रास्ट्रक्चर आइडिया हन्ट कुनै पनि व्यक्ति तथा उद्यमको कुनै पनि चरणमा रहेका कम्पनीहरू, स्टार्टअपहरू, स्केलअप गर्ने तयारीमा रहेका स्टार्टअपहरू, विद्यार्थीहरू र भविष्यका उद्यमीहरू लागि खुला रहेको आयोजकले जनाएका छन्। 

यो सम्मेलनमा आयोजकले नेपाल सरकार, निजी क्षेत्र लगायत, विदेशी, थिंक ट्याङ्कहरू र लगानीकर्ताहरू लगायत एक हजार जनाभन्दा बढीको सहभागिताको अपेक्षा गरेका छन्। आवेदन दिनका लागि आगामी बिहीबार (भदौ ९ सम्म) नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को वेबसाइटमार्फत फाराम भर्न सकिने बताइएको छ।