BIZMANDU
www.bizmandu.com

सुनको मूल्य फेरि घट्यो, मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार हुँदै, चाँदीमा झिनो गिरावट

२०७९ भदौ ७

सुनको मूल्य फेरि घट्यो, मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार हुँदै, चाँदीमा झिनो गिरावट
सुनको मूल्य फेरि घट्यो, मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार हुँदै, चाँदीमा झिनो गिरावट


काठमाडौं। तीज पर्व नजिकिँदै गर्दा सुनको लगातार घट्न थालेको छ। साताको दोस्रो दिनका तुलनामा मंगलबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ। 

Tata
Global Ime

बजार मूल्य प्रतितोला ९५ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि २ सय घट्दा सोमबार कारोबार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ थियो। गत शुक्रबार र आइतबार सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा स्थिर थियो।

चाँदीमा सामान्य गिरावट छ। ५ रुपैयाँ घट्दा मंगलबार प्रतितोला ११ सय ६० रुपैयाँ भएको छ। सोमबार पनि तोलामा ५ रुपैयाँले घटेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य ८ डलरले घट्दै  प्रतिऔंस १७३७.४१ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १८.९३ डलर छ। सोमबार सुन प्रतिऔंस १७४४.८२ डलर र चाँदी १९.०५ डलरमा कारोबार भएको थियो।