BIZMANDU
www.bizmandu.com

भेस्पा र अप्रिला स्कुटरको मूल्यमा साढे ७ हजारसम्म वृद्धि, अरु भेरियन्टमा ६ हजार महँगियो

२०७९ भदौ ७

भेस्पा र अप्रिला स्कुटरको मूल्यमा साढे ७ हजारसम्म वृद्धि, अरु भेरियन्टमा ६ हजार महँगियो
भेस्पा र अप्रिला स्कुटरको मूल्यमा साढे ७ हजारसम्म वृद्धि, अरु भेरियन्टमा ६ हजार महँगियो


काठमाडौं। भेस्पा ब्रान्डको स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता दुगर्स ब्रदर्स एन्ड सन्सले भेस्पा र अप्रिला स्कुटरको मूल्यमा साढे सात हजार रुपैयाँसम्म बढाएको छ। 

Tata
Global Ime

कम्पनीले मंगलबार सवारी तथा ढुवानीका साधन आयातकर्ता कम्पनीको अधिकतम मूल्यसूची निकालेको थियो। प्रकाशित उक्त मूल्यसूची अनुसार एउटै स्कुटरको मूल्यमा ७ हजार ५ सय रुपैयाँसम्म बढेको छ।

कम्पनीको सबै भन्दा माथिल्यो भेस्पाको स्कुटर एलिगेन्टे १५० सीसीको मूल्य ७ हजार ५२० रुपैयाँले बढाएको छ। यसअघि ४ लाख २५ हजार ९४६ रुपैयाँमा बिक्री भइरहेको थियो। अब ४ लाख ३३ हजार ४६६ रुपैयाँ भएको छ। कम्पनीका दुई पांग्रे अरु सवारीमा सबैभन्दा कम ६ हजार रुपैयाँसम्म मूल्य बढेको छ। 

यसैगरी कम्पनीले अप्रिलाको टप भेरियन्ट अप्रिला एसएक्सआर १६० सीसी  मोडलको ७ हजार ५ सय रुपैयाँले बढाएको छ। यसको मूल्य यसभन्दा अघि ४ लाख ४६ हजार ९०० रुपैयाँ रहेकोमा अबदेखि ४ लाख ५४ हजार ४०० रुपैयाँमा बिक्री हुनेछ। यस्तै सबै भन्दा  कम मूल्य पर्ने अप्रिला स्ट्रोम १२५ सीसी ६ हजार रुपैयाँले बढाएर २ लाख ७१ हजार ९०० रुपैयाँ पुर्‍याएको छ। यसको यसभन्दा अघिको मूल्य २ लाख ६५ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको थियो।

कम्पनीको सबै भेरियन्टमा ६ हजार रुपैयाँले मूल्य बढेको हो।

भेस्पा र अप्रीला स्कुटर पुरानो मूल्य नयाँ मूल्य बढेको रकम
vespa vxl 125cc ३३५९४६ ३४१९४६ ६०००
vespa vxl 150cc ३८७९४६ ३९५४४६ ७५००
vespa lx 125 २८५९४६ २९१९४६ ६०००
vespa lx 125 notte २८५९४६ २९१९४६ ६०००
vespa sxl 125 cc ३४९९४६ ३५५९४६ ६०००
vespa sxl 150 cc ४०३९४६ ४११४६६ ७५२०
vespa sxl 125 matte ३५१९४६ ३५७९४६ ६०००
vespa sxl 150 matte ४०५९४६ ४१३४६६ ७५२०
vespa elegante 150 cc ४२५९४६ ४३३४६६ ७५२०
aprilia strom 125 cc २६५९०० २७१९०० ६०००
aprilia sr 150 ३२१९०० ३२८९०० ७०००
aprilia sr 125  २७२९०० २७८९०० ६०००
aprilia sr 150 race ३४४९०० ३५१९०० ७०००
aprilia sxr 160 cc bs4 ४४६९०० ४५४४०० ७५००