BIZMANDU
www.bizmandu.com

शैलुङ कन्स्ट्रक्सनले अब तीन वर्षसम्म ठेक्का लिन नपाउने, ११ वटा निर्माण कम्पनी परे कालोसूचीमा

२०७९ भदौ ८

शैलुङ कन्स्ट्रक्सनले अब तीन वर्षसम्म ठेक्का लिन नपाउने, ११ वटा निर्माण कम्पनी परे कालोसूचीमा
शैलुङ कन्स्ट्रक्सनले अब तीन वर्षसम्म ठेक्का लिन नपाउने, ११ वटा निर्माण कम्पनी परे कालोसूचीमा


काठमाडौं। शैलुङ कन्स्ट्रक्सनले अबको तीन वर्षसम्म सार्वजनिक खरिदको कार्यमा भाग लिन नपाउने भएको छ।

Tata
Global Ime

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार सूचना प्रकाशन गरी शैलुङ कन्स्ट्रक्सनसहित विभिन्न ११ कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मको लागि कालोसूचीमा राखेको छ।

विभिन्न आयोजना तथा सार्वजनिक निकायबाट काममा लापरबाही, गुणस्तरहीन काम भएको, ढिलासुस्ती लगायतका कारण देखाइ कालोसूचीमा राख्न सिफारीस गरेर पठाएसँगै खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो।

एमएस जेहोङडिङ इन्टरनेस्नल इन्जिनियरिङ कोओप्रेसन लिमिटेड चाइना, अरभली इन्फ्रापावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन प्रालि ३ वर्षका लागि कालोसूचीमा परेका छन्।

त्यसैगरी खरिद अनुगमन कार्यालयले चेन्जक्वीङ वाङबेन इलेक्ट्रिक कोओप्रेसन लिमिटेडलाई पनि ३ वर्षको लागि सार्वजनिक खरिदको कार्यमा भाग लिन पाउदैनन। बलिया कन्स्ट्रक्सनलाई १ वर्ष, जोनसोन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई १ वर्ष र जस्ट इन टाइम कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ।

महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालिलाई २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ। त्यसैगरी एस्पियल ग्रुप अफ इन्जिनियर्सलाई १ वर्ष, सर्जिमेड डिस्ट्रिक्युटर्सलाई १ वर्ष र तुम्येहाङ निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले सूचनामा उल्लेख गरेको छ।

प्रकाशित सूचना अनुसार कालोसूचमा परेको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।