BIZMANDU
www.bizmandu.com

चार दिनपछि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि, कति पुग्यो भाउ?

२०७९ भदौ ८

चार दिनपछि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि, कति पुग्यो भाउ?
चार दिनपछि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि, कति पुग्यो भाउ?


काठमाडौं। सुनको मूल्य लगातार घट्ने क्रममा बुधबार ब्रेक लागेको छ। अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले बढेको छ।

Tata
Global Ime

बुधबारका  लागि सुनको कारोबार मूल्य ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको दोस्रो दिनका तुलनामा मंगलबार ३ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार तोलामा ५  रुपैयाँ बढेको छ। चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

मंगलबार ५ रुपैयाँ घट्दा प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १७३७.४१ डलर रहेको सुन बुधबार बढेर प्रतिऔंस १७५६ ७३ डलरमा कारोबार भइरहेको छ।

चाँदी पनि १९.०५ डलरबाट बढेर प्रतिऔंस १९ .१३ डलरमा कारोबार भइरहेको  छ।