BIZMANDU
www.bizmandu.com

दसैंका लागि कमर्सियल भेहिकलमा अफरै अफर, ७० प्रतिशतसम्म फाइनान्स, उपहार पनि

२०७९ भदौ ९

काठमाडौं। दसैंका लागि कमर्सियल भेहिकलको नेपालका आधिकारिक बिक्रेताहरुले गाडी बिक्रीका लागि विशेष अफर ल्याएको छ। दसैंका लागि सार्वजनिक यातायातको बिक्री हुने भएकाले समेत ग्राहक तान्न अफर ल्याएका हुन्।

Tata
Global Ime

सबैभन्दा बढी कर्मसियल भेहिकल बिक्री गर्ने टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले 'दसैंमा द-सही अफर' ल्याएको छ। यो वर्षको दसैंलाई थप उत्साहजनक बनाउन यो अफर ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ। कम्पनीका अनुसार एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्स जस्ता सुविधाहरु पनि रहेका छन्।

सिप्रदीका कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालले दसैंलाई लक्षित गर्दै  ७० प्रतिशत फाइनान्स सुविधा ल्याएको बताए।

त्यस्तै अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले दसैं लक्षित अफर सार्वजनिक गरेको छ। कम्पनीले यो दसैंको लागि हरेक वर्षझै ‘चाड पर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक योजना ल्याएको छ।

कम्पनीको बस वा ट्रक टिपर किन्दा याफ्ट जिस्पा इलेक्ट्रिक भेइकल, २४ क्यारेट सुन र सिंगापुर टुर लगायतका विभिन्न आकर्षक उपहार पाइने बताएको छ। अशोक लेल्यान्डको ७० प्रतिशत सम्म फाइनान्सको सुविधा दिएको कम्पनीले जनाएको छ।

कम्पनीका मार्केटिङ हेड तथा विजनेश डेभलपमेन्ट हेड किरण आचार्यले अफरसँगै ग्राहकको फोन फ्रिक्वेन्सी बढेको बताए।