BIZMANDU
www.bizmandu.com

सिंगापुर टेलिकम्युनिकेसन्सले एयरटेलमा रहेको ३.३३% सेयर उसैलाई बेच्यो, हिस्सा २९.७% मा झर्‍यो

२०७९ भदौ ९

सिंगापुर टेलिकम्युनिकेसन्सले एयरटेलमा रहेको ३.३३% सेयर उसैलाई बेच्यो, हिस्सा २९.७% मा झर्‍यो
सिंगापुर टेलिकम्युनिकेसन्सले एयरटेलमा रहेको ३.३३% सेयर उसैलाई बेच्यो, हिस्सा २९.७% मा झर्‍यो

काठमाडौं। सिंगापुर टेलिकम्युनिकेसन्स (सिंगटेल) ले भारतीय दूरसञ्चार कम्पनी भारती एयरटेलमा रहेको ३.३३ प्रतिशत सेयर बिक्री गर्ने घोषणा गरेको छ। 

Tata
Global Ime

सिंगटेलले एयरटेललाई नै एक अर्ब ६१ करोड अमेरिकी डलरमा उक्त सेयर हिस्सा बिक्री गर्ने जनाएको छ। 

सेयर बिक्री पछि सुनिल मित्तल नेतृत्वको एयरटेलमा सिंगटेलको सेयर हिस्सा २९.७ प्रतिशतमा झर्ने छ। यसअघि एयरटेलमा सिंगटेलको हिस्सा ३१.७२ प्रतिशत थियो। 

सेयर बिक्रीको प्रक्रिया ९० दिनमा सकिने बताइएको छ। एयरटेल र सिंगटेलले कम्पनीमा रहेको सेयर हिस्सा बराबरी कायम गर्ने सहमति अनुसार काम अघि बढेको हो। 

सिंगटेल दीर्घकालीन लगानीकर्ताको रुपमा विगत तीन वर्षमा एयरटेलमा  एक अर्ब ३० करोड डलर हाराहारी लगानी गरिसकेको छ।