BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि , तोलाको ९५ हजार ८ सय पुग्यो , चाँदी पनि उकालो

२०७९ भदौ ९


काठमाडौं। अन्तराष्ट्रिय बजारमा मूल्य घटेपनि स्थानीय बजारमा भने  मूल्य बढेको छ । अघिल्लो दिनको तोलामा ५ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tata
Global Ime

बुधबार सुन तोलामा  ३ सय रुपैयाँले बढेर बजार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो ।

अन्तराष्ट्रिय बजारमा बिहीबार  सुनको मूल्यमा थोरै घटेको  छ ।  बुधबार प्रतिऔंस १७५६.७३ डलर रहेको सुन बिहीबार घटेर  बिहीबार  प्रतिऔंस १७५६.३२ डलरमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने बढेको छ । बुधबार  प्रतिऔंस १९ .१३ डलर रहेको चाँदी बिहीबार  १९.२६ डलर छ ।