BIZMANDU
www.bizmandu.com

१० जना सहसचिव र ६० जना उपसचिवको सरुवा गरेपछि अधिकृतको सरुवा गर्दै अर्थमन्त्रालय

२०७९ भदौ १२

१० जना सहसचिव र ६० जना उपसचिवको सरुवा गरेपछि अधिकृतको सरुवा गर्दै अर्थमन्त्रालय
१० जना सहसचिव र ६० जना उपसचिवको सरुवा गरेपछि अधिकृतको सरुवा गर्दै अर्थमन्त्रालय


काठमाडौं। १० जना सहसचिव र ६० जना उपसचिव सरुवा गरेपछि अर्थमन्त्रालयले अधिकृतको सरुवा सुरु गरेको छ। 

Tata
Global Ime

सरुवा अवधि पुगेका अधिकृतहरुको सरुवा सुरु भएको हो। मन्त्रालयले सहसचिव र उपसचिवको सरुवा गर्ने गरेको छ भने अधिकृत स्तरको सरुवा विभागले गर्ने गरेको छ।

भन्सार विभाग र आन्तरिक राजस्व विभागले अहिले अधिकृत स्तरका कर्मचारी सरुवाका लागि कर्मचारीको सूचि तयार गरेको छ। सरुवा मिलाउनका लागि अधिकृत तथा उपसचिवहरु मन्त्रालय धाउन थालेका छन्। 

मन्त्रालयले राजस्वको मुख्य निकायहरुमा १० जना सहसचिवको सरुवा गरेको छ। यस्तै ६० जना उपसचिवहरुको सरुवा गरिसकेको छ।

मन्त्रालयको स्वीकृति लिएर विभागहरुले पनि अधिकृत सरुवाको तयारी गर्ने तयारी गरेको हो। स्रोतका अनुसार यसै हप्ता राजस्व समुहका अधिकृतको सरुवा गर्ने तयारी गरिएको हो।