BIZMANDU
www.bizmandu.com

दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर

२०७९ भदौ १२

दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर
दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर


काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले तीजको दर खाने दिनको अवशर पारेर अफर ल्याएको छ।

Tata
Global Ime

विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजी लिमिटेड (एससिटी) ले 'दर खाने दिनमा दरो अफर' लिएर आएको हो।

दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन।

एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत ( १०० रुपैयाँसम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यो योजना दर खाने दिन (भदौ १३, २०७९) का दिन लागु हुनेछ।