BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ६ सयले गिरावट, सोमबार प्रतितोला ९४ हजार ५ सय, चाँदी पनि घट्यो

२०७९ भदौ १३

सुनको मूल्य तोलामा ६ सयले गिरावट, सोमबार प्रतितोला ९४ हजार ५ सय, चाँदी पनि घट्यो
सुनको मूल्य तोलामा ६ सयले गिरावट, सोमबार प्रतितोला ९४ हजार ५ सय, चाँदी पनि घट्यो



काठमाडौं। सुनको मूल्य फेरि क्रमिक घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजारभन्दा तल आइपुगेको छ।

Tata
Global Ime

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

साताको पहिलो दिन तोलामा ७ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम दिन प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको थियो।

चालु महिनाको सुरुवातमा प्रतितोला ९६ हजार २ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य सोमबार सर्वाधिक घटेको हो। गत साउनमा बढ्दा तोलाको ९७ हजार ८ सम्म पुगेको सुन घट्दा प्रतितोला ९३ हजार पनि भएको थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ। गत साताको अन्तिम दिनका तुलनामा १५ रुपैयाँ घट्दा आइतबार कारोबार मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १७३८.१० डलर रहेको सुन सोमबार घट्दै १७२३.५१ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १८.९१ डलरबाट १८.५४ डलरमा आएको छ।