BIZMANDU
www.bizmandu.com

भारतमा सुजुकी ४० वर्षको भयो, विद्युतीय गाडी र ब्याट्री उत्पादन गर्न दुईवटा प्लान्ट थपिए

२०७९ भदौ १४

भारतमा सुजुकी ४० वर्षको भयो, विद्युतीय गाडी र ब्याट्री उत्पादन गर्न दुईवटा प्लान्ट थपिए
भारतमा सुजुकी ४० वर्षको भयो, विद्युतीय गाडी र ब्याट्री उत्पादन गर्न दुईवटा प्लान्ट थपिए


काठमाडौं। मारुती सुजुकीले भारतमा आफ्नो ४० वर्षको व्यवसायिक यात्रा पुरा गरेको छ। यसै अवसरमा मारुती सुजुकीले एक मेगा योजना सुरु गरेको छ।

Tata
Global Ime

कम्पनीले आगामी दिनमा १० लाख इभी र त्यसका लागि आवश्यक ब्याट्री उत्पादन गर्न दुई नयाँ प्लान्टको उद्घाटन गरेको हो। गुजरातको गान्धीनगरमा आयोजित कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मारुती सुजुकीका दुई नयाँ प्लान्टको शिलान्यास गरेका हुन्।

कार निर्माता कम्पनी सुजुकीले नयाँ आर एन्ड डी फर्म सिर्जना गर्ने घोषणा समेत गरेको छ। यसले नयाँ प्राविधिक ल्याबको विकास गर्ने काम गर्दछ। यो दुई वटा नयाँ प्लान्टहरुमा सुजुकीले कुल ३० हजार करोड भारुको लगानी गर्नेछ। जसमध्ये २० हजार करोड भारु हरियाणा प्लान्टमा लगानी गरिने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीका अनुसार गुजरात प्लान्टमा १० हजार करोड भारु लगानी हुनेछ।

बिभिन्न मुलुकमा रहेका कारखानाबाट सुजुकीले वर्षमा २८ लाख कार उत्पादन गर्ने गरेकोमा यसको ६० प्रतिशत अर्थात १६ लाख कार भारतमा मात्रै उत्पादन भइरहेको छ। त्यसैले सुजुकीले भारतमा कम्पनीको धेरै लगानी गरिरहेको छ। यसले अबको दिनमा विद्युतीयलाई प्रथामिकता दिने भएकाले उक्त दुई वटा प्लान्टहरुमा लगानी बढाएको जनाएको छ।

उक्त प्लान्टबाट सन् २०२५ देखि इलेक्ट्रिक कार बजारमा ल्याउने योजना बनाएको छ।