काठमाडौं। दुई दिनपछि नै युरोले फेरि अमेरिकी डलरलाई उछिनेको छ। गत असार २८ मै अमेरिकी डलर र युरोपियन मुद्राको भाउ बराबर आएपछि नेपाली रुपैयाँसँग तुलना गर्दा डलरले युरोलाई जित्न सकेको थिएन। गत सोमबार भने डलरले युरोलाई उछिनेको थियो।
बुधबार फेरि युरो माथि उक्लिएको छ। २० वर्षपछि डलर र युरो बराबरको अवस्थामा पुगेका थिए।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि प्रकाशित गरेको विनिमय दर अनुसार, एक डलर बराबर १२८ रुपैयाँ ९ पैसा कायम छ। यता एक युरो बराबर १२७ रुपैयाँ ६२ पैसा कायम भएको थियो। बुधबार एक डलर बराबर १२७.४३ रुपैयाँ र एक युरो बराबर १२७.९७ रुपैयाँ कायम भएको छ।
सीएनएनका अनुसार, यो चमत्कार २० वर्षपछि भएको हो। युरो जहिले पनि डलरभन्दा माथि हुने गर्थ्यो। बुधबार पुन: माथि उक्लिएको छ
पछिल्ला ५ महिनायता डलरको भाउ निरन्तर बढ्ने र युरो घट्ने हुँदा असार २८ गते एक बराबर एकमा आएको थियो। रुस-युक्रेन युद्ध र कोभिड पछाडिको वैश्विक आर्थिक मन्दीका कारण डलरको भाउ बढ्ने र युरो घट्ने भइरहेको छ।