BIZMANDU
www.bizmandu.com

फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप प्लाटफर्महरूमा पेड फिचर ल्याउन नयाँ समूह स्थापना गर्दै मेटा 

२०७९ भदौ १६

मेटाले आफ्नो फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप प्लाटफर्महरूका लागि प्रयोगकर्ताहरूले खरिद गर्न सक्ने  प्रोडक्ट तथा  फिचरहरू सिर्जना गर्नमा केन्द्रित हुने एउटा नयाँ समूह स्थापना गर्दैछ।

Tata
Global Ime

न्यू मोनीटाइजेसन एक्सपेरियन्स भनिने उक्त समूहको नेतृत्व प्रतिति राय चौधरीले गर्नेछन्, जो पहिला मेटाका अनुसन्धान प्रमुख थिइन्।

'कुनै पनि नयाँ प्रोडक्ट हाम्रो विद्यमान विज्ञापन व्यवसायको लागि पूरक हुनेछ'-कम्पनीका प्रवक्ताले रोयटर्सलाई पठाएको ईमेलमा उल्लेख छ।

यस कदमले मेटालाई स्न्याप र ट्विटर लगायतका कम्पनीहरू सरह उभ्याउने छ जसले अतिरिक्त सुविधाहरू अनलक गर्न भुक्तानी चाहिने फिचर सुरू गरेका छन्।

मेटाका विज्ञापन र व्यापार उत्पादनहरूका प्रमुख जोन हेगेम्यान अनुसार मेटासँग प्रयोगकर्ताहरूलाई विज्ञापनहरू बन्द गर्नका (टर्न अफ गर्न) लागि भुक्तान गर्न दिने कुनै योजना छैन र लगातार विज्ञापन व्यवसाय बढाउन प्रतिबद्ध छ।

लामो अवधिमा, मेटाका लागि भुक्तान सुविधाहरू यसको व्यवसायको अधिक अर्थपूर्ण हिस्सा भएको हेगेम्यान भर्ज बताउँछन्।

गत महिना, मेटाले मन्दीको डर र प्रतिस्पर्धात्मक दबाबले विज्ञापन बिक्रीलाई खुम्च्याउँदा आम्दानीमा पहिलो त्रैमासिक गिरावट रेकर्ड गरेको थियो। (रोयटर्सबाट साभार)