BIZMANDU
www.bizmandu.com

महिन्द्रा गाडी बेच्ने अग्नी ग्रुपको नयाँ सर्भिस सेन्टर दमकमा, पूर्वका ग्राहकलाई थपियो सहजता

२०७९ भदौ १६

महिन्द्रा गाडी बेच्ने अग्नी ग्रुपको नयाँ सर्भिस सेन्टर दमकमा, पूर्वका ग्राहकलाई थपियो सहजता
महिन्द्रा गाडी बेच्ने अग्नी ग्रुपको नयाँ सर्भिस सेन्टर दमकमा, पूर्वका ग्राहकलाई थपियो सहजता


काठमाडौं। महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुपले दमकमा नयाँ टु एस सर्भिस सेन्टर खोलेको छ। कम्पनीले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति दमकमा उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

Tata
Global Ime

कम्पनीका अनुसार दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको थ्री एस शोरुममा अब महिन्द्रा गाडीको लागि टु एस सर्भिस सेन्टर पनि थपिएको हो। टु एस भन्नाले सेल्स र सर्भिस बुझिन्छ। 

यस सर्भिस सेन्टरको दमक नगरपालिकाका मेयर राम थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माद्वारा उद्घाटन गरिएको थियो।

अग्नी ग्रुपले हाल नेपालभरी रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ। उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुपले आफ्ना सेवाहरु यसरी नै नेपालभरी विस्तार गर्ने लक्ष्य लिएका जनाएको छ।