BIZMANDU
www.bizmandu.com

ओपेकको उत्पादन कटौतीबारे बैठक बस्नुभन्दा अगावै कच्चा तेलको मूल्य बढ्न थाल्यो

२०७९ भदौ १७

ओपेकको उत्पादन कटौतीबारे बैठक बस्नुभन्दा अगावै कच्चा तेलको मूल्य बढ्न थाल्यो
ओपेकको उत्पादन कटौतीबारे बैठक बस्नुभन्दा अगावै कच्चा तेलको मूल्य बढ्न थाल्यो


ओपेक प्लसको उत्पादन कटौतीबारे छलफल बैठक बस्नुभन्दा अगावै भच्चा तेलको मूल्य बढ्न थाल्यो, यसको प्रत्यक्ष असर नेपाललाई पनि पर्ने

Tata
Global Ime

काठमाडौं। ओपेक प्लसको उत्पादन कटौतीको छलफल बैठक बस्नुभन्दा अगावै तेलको मूल्य बढेको छ। ओपेक प्लसले सेप्टेम्बर ५ मा हुने बैठकमा उत्पादन कटौतीबारे छलफल गर्ने सूचना वाहिरिएपछि शुक्रबार तेलको मूल्य बढेको हो।

चीनको कोभिड-१९ को लकडाउनले बजारमा विश्वव्यापी तेलको माग कमजोर अवस्थामा हुने डरले साप्ताहिक रुपमा मूल्य गिरावट भइरहेको थियो।

ब्रेन्ट कच्चा प्रति ब्यारेल ९४.०४ डलर पुगेको छ। यस्तै युएस वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) कच्चा तेल प्रति ब्यारेल ८८.२७ पुगेको छ। दुवै बेन्चमार्कको मूल्य प्रति ब्यारेल अघिल्लो हप्ता ३ प्रतिशतले तल झरेको थियो। साप्ताहिक रुपमा ब्रेन्ट लगभग सात प्रतिशतको र डब्ल्युटीआई ५ प्रतिशतले गिरावट भइरहेको थियो।

यसको असर नेपालमा परेको छ। पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएका कारण भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेको आएको छ। त्यही मूल्य अनुसार नेपाल आयाल निगमले डिजल र मट्टितेलको मूल्य समेत बढाएको छ।

ओपेक प्लस भनेको तेल निर्यात गर्ने देश र कम्पनीहरुको  संस्था हो। यो संस्थाको तेल उत्पादन कटौती गर्ने बारेको बैठक सेप्टेम्बर ५ तारिखमा बस्ने तयारी गरिरहेको छ।  बैठकमा घट्दो मूल्य र घट्दो मागको पृष्ठभूमि तथा शीर्ष उत्पादक साउदी अरेबियाले आपूर्ति कडा गर्ने विषयमा छलफल हुने जनाइएको छ।

ओपेक प्लसले यस हप्ता आफ्नो मागको दृष्टिकोण घटाएको छ। अब २०२२ मा प्रतिदिन चार लाख ब्यारेलले आपूर्तिमा कमी हुने भविष्यवाणी गरेको छ। तर यसले २०२३ मा ब्यारेल प्रतिदिन तीन लाख ब्यारेलको बजार घाटाको अपेक्षा गरेको छ।

यसैबीच, लगानीकर्ताहरू चीनमा पछिल्लो कोभिड-१९ लकडाउनको प्रभावको बारेमा चिन्तित छन्। चीनको चेङ्दु सहरमा पनि बिहीबारदेखि लकडाउन गरिएको छ।