काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। आइतबारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार एक सय घट्दा कारोबार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो। उक्त मूल्य यो महिनाकै सबैभन्दा कम थियो।
गत साताको पहिलो दिनका तुलनामा शुक्रबारसम्म आइपुग्दा सुनको ंमूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको थियो।
आइतबार चाँदी ५ रुपैयाँ बढेको छ। चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय १० रुपैयाँ भएको छ। शुक्रवार ५ रुपैयाँ बढ्दा प्रतितोला ११ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७१२ ५० डलर र चाँदी प्रतिऔंस १८.०६ डलर छ ।