BIZMANDU
www.bizmandu.com

एमजीको गाडी बिक्री गर्ने पारामाउन्टले ल्यायो अर्को ब्रान्डको पिकअप, मूल्य र फिचर यस्तो छ

२०७९ भदौ २०

एमजीको गाडी बिक्री गर्ने पारामाउन्टले ल्यायो अर्को ब्रान्डको पिकअप, मूल्य र फिचर यस्तो छ
एमजीको गाडी बिक्री गर्ने पारामाउन्टले ल्यायो अर्को ब्रान्डको पिकअप, मूल्य र फिचर यस्तो छ


काठमाडौं। नेपालको लागि एमजी ब्राण्डको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ ब्रान्डको पिकअप नेपाल ल्याएको छ। कम्पनीले मेक्सस ब्राण्डको पिकअप नेपाल ल्याएको हो। कम्पनीले अहिले नेपाल ल्याएको टी ६० मोडलको पिकअप हो।

Tata
Global Ime

मेक्सस ब्रान्ड चीनको एसएआईसी ग्रुपको स्वामित्वमा रहेको कमर्सियल र प्यासेन्जर गाडी उत्पादन गर्ने कम्पनी हो। एमजी पनि एसएआईसी ग्रुपकै ब्राण्ड भएको कारण पारामाउन्टले मेक्सस पनि आधिकारिक बिक्रेता पाएको हो।

मेक्सस टी ६० मा २.८ लिटर क्षमताको यूरो फोर मापदण्डको डिजेल इन्जिन रहेको छ। सो इन्जिनले अधिकतम १५० हर्षपावर र ३५० एनएम टर्क प्रदान गर्छ। यसमा ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको सुविधा दिइएको छ।

टी ६० पिकअपमा १९ इन्चको ह्वील, दुई वटा एयरब्याग, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, रियर क्यामेरा जस्ता फिचर उपलब्ध छन्। साथै मेक्सस टी ६० मा २१५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ।

यसमा एड्जस्टेवल ड्राइभर सिट, अगाडि र पछाडि नै एसीको भेन्ट, एयर प्युरीफायर, एड्जस्टेवल स्टेरिङ ह्वील, फेब्रिक सिट, सेन्ट्रल लकिङ पावर विन्डो, ४ वटा स्पीकर, रिमोर्ट कि जस्ता फिचर पनि यसमा पाउन सकिन्छ।

कम्पनीले मूल्य ७८ लाख हाराहारी पर्ने जनाएको छ। कम्पनीले उक्त पिकअप २५ युनिट ल्याउदै छ भने यसको नेपाली बजारमा एक हप्ताभित्र बिक्री सुरु गर्ने जनाएको छ।