BIZMANDU
www.bizmandu.com

धनुषामा साढे १ अर्बभन्दा बढीको लगानीमा पोल्ट्री फार्म, अर्को वर्षको असोजबाट संचालनमा आउने

२०७९ भदौ २०

धनुषामा साढे १ अर्बभन्दा बढीको लगानीमा पोल्ट्री फार्म, अर्को वर्षको असोजबाट संचालनमा आउने
धनुषामा साढे १ अर्बभन्दा बढीको लगानीमा पोल्ट्री फार्म, अर्को वर्षको असोजबाट संचालनमा आउने


काठमाडौं। साढे एक अर्बभन्दा बढीको लगानीमा धनुषामा पोल्ट्री फार्म र बायो ग्यास प्लान्ट निर्माण हुने भएको छ। जनकपुर एग्रो फार्म प्रालिले धनुषामा एक अर्ब ६२ करोड ३३ लाख रुपैयाँ लगातमा चल्ला हुर्काउन दुईवटा सेड्स (ग्रोवर सेड्स) साथै प्राङ्गारिक मल उत्पादन गर्दैछ।

Tata
Global Ime

यसका साथै पाँचवटा सेड्स भने अण्डा उत्पादनलाई (लेइङ सेड्स) प्रयोग गरिने बताइएको छ।

दुईवटा चल्ला हुर्काउने सेड्सको क्षमता प्रति ग्रोवर सेड् ५१ हजार ८४० चल्ला क्षमता रहनेछ। अण्डा उत्पादनका लागि प्रति लेइङ सेड एक लाख आठ सय चल्ला क्षमता रहने बताइएको छ। यस्तै, मल प्लान्टको वार्षिक जडान क्षमता ८७२० टन रहने छ। बायो ग्यास सीएनजी प्लान्टबाट ८०० किलोवाट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ।

जनकपुर एग्रो फार्ममा खिलुङ कालिका एग्रो फार्म प्रालिको संस्थागत लगानी छ। जसको अध्यक्ष खुमाप्रसाद अर्याल छन् भने शोभाकान्त ढकाल प्रबन्ध निर्देशक छन्।

जनकपुर एग्रो फार्मले पोल्ट्री फार्म र बायो ग्यास निर्माणका लागि एक अर्ब ३९ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले रेटिङ पुन:पुष्टि गराएको छ। एक अर्ब १३ करोड ६३ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी बी प्लस र २५ करोड ३६ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुन: पुष्टि गराएको छ।

यो पनि पढ्नुहोस्

दैनिक पाँच लाख अण्डा उत्पादन हुने कुखुरा फार्म खुल्दै, दुई अर्ब लगानीमा बायोग्यास र जैविक मल पनि