काठमाडौं। टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलक्षित ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ।योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ। यो योजना भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुने बताइएको छ।
‘कायापलट योजनाअन्तर्गत नकिन्दै वेबसाइटमा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ। हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी-३० स्मार्टफोन प्रदान गरिने छ। साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यो योजनामा 'बबाल फाइनान्स अफर' पनि समावेश रहेको कम्पनीले जनाएको छ। जसअन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा ४२ सय रुपैयाँको मासिक इएमआइमा बाइक तथा स्कुटर किन्न सक्नेछन्।
विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ।