BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि, मंगलबार प्रतितोला ९४ हजार पुग्यो, चाँदी पनि बढ्यो

२०७९ भदौ २१

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि, मंगलबार प्रतितोला ९४ हजार पुग्यो, चाँदी पनि बढ्यो
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि, मंगलबार प्रतितोला ९४ हजार पुग्यो, चाँदी पनि बढ्यो



काठमाडौं। तीन दिनदेखि सुनको मूल्य क्रमिक बढ्न थालेको छ। मंगलबारका लागि बजार मूल्य प्रतितोला ९४ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

साताको पहिलो दिनका तुलनामा तोलामा एक सय रुपैयाँ बढ्दै सोमबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम दिन घटेर प्रतितोला ९३ हजार रुपैयाँ भएको थियो। 

चाँदी तोलामा १० रुपैयाँले बढेको छ। मंगलबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ कायम भएको छ। सोमबार ५ रुपैयाँ बढ्दा प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको मूल्यमा सामान्य बढोत्तरी छ। मंगलबार सुन प्रतिऔंस १७१५.४५ डलर र चाँदी १८.२७ डलर छ। सोमबार सुन प्रतिऔंस १७१२.३२ र चाँदी १८.०५ डलर थियो।