काठमाडौं। इन्स्टाग्रामलाई बालबालिकाको गोपनियता भंग भएको आरोपमा ५१ अर्बभन्दा बढी (४० करोड ५० लाख युरो) जरिवाना तिर्न आदेश दिइएको छ।
आयरल्यान्डको डेटा प्रोटेक्सन कमिसनरले सो जरिवाना तिराउने निर्णय गरेको हो।
इन्स्टाग्रामले बालबालिकाको फोन नम्बर र इमेल नम्बर सुरक्षित राख्न नसकेको अधिकारीहरुले बताएका छन्। इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले जरिवानाको उक्त निर्णयविरुद्ध पुनरावेदनमा जाने जनाएको छ।
मेटाले एक वर्ष पुरानो सेटिङहरुको आधारमा अनुसन्धान भएको भन्दै आफूहरुले बालबालिका र युवाहरुको सूचना गोप्य राख्न धेरै नयाँ फिचर ल्याइसकेको दाबी गरेको छ।